• भदौ ४, २०८३, बिहीवार Thursday, 20 August, 2026

आज भदौ ४ गते बिहीबार,कुन राशिलाइ कस्तो फल !

  • खबरदाता

आज भदौ ४ गते बिहीबार,कुन राशिलाइ कस्तो फल !

चितवन – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६ अगष्ट २० तारिख। साउन शुक्ल पक्षको अष्टमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।  ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष – दिन सामान्य छ। कुरा काट्नेहरु बढ्नेछन्। शिक्षा र वैदेशिक क्षेत्रमा भने सुधारका संकेत देखिनेछन्। परिवारसँगको सम्बन्धमा मनमुटाव हुनेछ।

वृष – दिन सामान्य छ। स्वास्थ्यमा समस्या आउन सक्छ। शिक्षा र वैदेशिक रोजगारीमा भने श्रमको मूल्याङ्कन हुनेछ। आजको दिन गोपनीयता कायम गर्नु उचित हुनेछ। राजनीतिमा घेराबन्दी हुनेछ ।

मिथुन- जोगिएर काम गर्नुपर्ने दिन छ । दाजुभाइसँग गरेको कार्यएकताले तपाईंलाई फाइदा हुनेछ। स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट आम्दानी हुनेछ। धार्मिक क्षेत्रमा रुची घट्नेछ।

कर्कट – दिन राम्रो छ। श्रमको फल अरुले लिन सक्छन्। स्वास्थ्य र शिक्षामा अघि बढ्नुहोला। स्वदेशीभन्दा विदेशी रमझमले मन आकर्षित गरेको छ। लगानी गरेको भए फाइदा हुनेछ।

सिंह – दिन राम्रो छ। स्वास्थ्य, शिक्षा र रोजगारीको क्षेत्रमा महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ। व्यापार व्यवसायमा गरेको लगानीबाट फाइदा हुनेछ। गोपनीयता कायम गर्नुपर्ने दिन छ।

कन्या – दिन राम्रो छ। कृषिमा गरेको लगानीबाट नाफा हुनेछ। शत्रु बढ्नेछन्। तपाईंको प्रशंसा गर्नेहरु थपिनेछन्। परिवारको साथ लिएर अघि बढ्नु उचित हुनेछ।

तुला – दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। आज गरेको लगानीले आम्दानी बढाउनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सेवाका अवसर मिल्नेछन्। बन्दुहरुसँग भने सचेत भएर काम गर्नुहोला।

वृश्चिक – बोलीमा सरस्वतीको बास छ । सोचेका काम बन्नेछन् । शिक्षा र स्वास्थ्यमा लगानी गर्नुहोला। सामाजिक संघसंस्थामा तपाईंको मानसम्मान बढ्नेछ। उपल्लो स्थानमा भएका व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ।

धनु – दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। दाजुभाइसँगको सहकार्यमा तपाईंलाई फाइदा हुनेछ। शत्रु बढ्नेछन्। स्वास्थ्यमा समस्या देखिने छ।

मकर – दिन राम्रो छ। घुमघाम तय हुनसक्छ। धर्मकर्ममा रमाउने दिन छ। बौद्धिक व्यक्तिसँग परामर्श गरेर गरेको कामबाट फाइदा हुनेछ। स्वास्थ्य, शिक्षामा सुधारका संकेत देखिनेछ।

कुम्भ – दिन राम्रो छ। घुमघाम तय हुनेछ। पुरानो साथीभाइसँगको भेटले मन प्रशन्न हुनेछ। स्वास्थ्य र शिक्षामा सुधारका संकेत देखिन्छन्। परिवारको सहयोगमा काम गर्नुहोला।

मीन – दिन सामान्य छ। मनमा खटपटी बढ्नेछ। शत्रु बढ्नेछन्। स्वास्थ्यमा समस्या आउन सक्छ। आजको दिन थोरै मात्र बोल्नु उचित हुनेछ।

  • प्रकाशित मिति : भदौ ४, २०८३, बिहीवार ०५:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८