सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। बुधबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिएका हुन्।
मुख्यमन्त्री भट्टले प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावको पक्षमा ३१ मत खसेको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरे।
विपक्षमा १५ मत खसेको छ।
मत विभाजनमा ४६ सांसद सहभागी भएका थिए। २९ साउनमा नेकपा संसदीय दलका नेता भट्ट एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।
सुदूरपश्चिम प्रदेश सभामा नेकपाका २२ ९सभामुख र निलम्बनसहित० र नेकपा एमालेका ११ सांसद छन्।
५३ प्रदेश सभा सदस्य रहेको प्रदेश सभामा नेपाली कांग्रेसका १७ र राप्रपाका १ सांसद छन्। २ प्रदेशसभा रिक्त छन्।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८