• भदौ ४, २०८३, बिहीवार Thursday, 20 August, 2026

नेपाल आइपुग्यो बहुप्रतीक्षित सिएरा ईभी, नाडा अटो शोमा  सार्वजनिक गरिने 

  • खबरदाता

नेपाल आइपुग्यो बहुप्रतीक्षित सिएरा ईभी, नाडा अटो शोमा  सार्वजनिक गरिने 

भारतीय अटोमोबाइल बजारमा ऐतिहासिक सफलता हासिल गरेको बहुप्रतीक्षित इलेक्ट्रिक एसयूभी ‘सिएरा ईभी’ आधिकारिक रूपमा नेपाल आइपुगेको छ।

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनका कारण लन्च हुनुअगावै नेपाली अटो पारखीहरूमाझ यस गाडीले व्यापक चर्चा र कौतुहलता बटुल्न सफल भएको छ।

नेपाल भित्रिएको यो नयाँ मोडललाई आगामी भदौ १० देखि १५ गतेसम्म काठमाडौँमा आयोजना हुने ‘नाडा अटो शो २०२६’ मार्फत औपचारिक रूपमा सार्वजनिक (लन्च) गरिनेछ।

आफ्नो सेग्मेन्टमा प्रिमियम फिचर्स, अत्याधुनिक प्रविधि र विशिष्ट डिजाइनको बेजोड संगम बोकेको क्ष्भचचब।भख ले नेपाली विद्युतीय सवारीसाधनको बजारमा नयाँ बेन्चमार्क स्थापित गर्ने अपेक्षा गरिएको छ।

भारतीय बजारमा बुकिङ र बिक्रीका नयाँ रेकर्ड कायम गरिसकेको यस गाडीले नेपाली सडकको बनावट र आधुनिक चालकहरूको चाहनालाई पूर्ण रूपमा सम्बोधन गर्ने विश्वास लिइएको छ।

दमदार रोड प्रेजेन्स, उत्कृष्ट ब्याट्री रेन्ज, मजबुत निर्माण शैली र प्रिमियम ड्राइभिङ डाइनामिक्सका साथ भित्रिएको यो गाडीले नेपालको इभी क्षेत्रमा नयाँ क्रान्ति ल्याउने निश्चित छ।

अटोमोबाइल क्षेत्रको यस महत्त्वपूर्ण उपलब्धिलाई नजिकबाट नियाल्न र अवलोकन गर्न चाहने ग्राहकहरूका लागि नाडा अटो शो २०२६ को स्टलमा काउन्टडाउन सुरु भइसकेको छ।

  • प्रकाशित मिति : भदौ ४, २०८३, बिहीवार ०६:१५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८