• साउन ३१, २०८३, आइतवार Sunday, 16 August, 2026

वाग्मतीसहित यी प्रदेशमा हुनेछ आज भारी वर्षा

  • खबरदाता

वाग्मतीसहित यी प्रदेशमा हुनेछ आज भारी वर्षा

देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । राति र दिउँसो केही प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग, लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पूर्वानुमान छ ।

विभागले दिउँसो देशभर साधारणतया बादल लाग्ने बताएको छ । हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थान तथा मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागले राति हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने जानकारी दिएको छ । तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान र मधेस, कोसी तथा वाग्मती प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

देशभर मनसुनी वायुको प्रभाव छ । हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपासमा छ । पश्चिममा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालनजिक रहेको विभागले बताएको छ ।

 

  • प्रकाशित मिति : साउन ३०, २०८३, शनिवार ०६:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८