• साउन २२, २०८३, शुक्रवार Friday, 07 August, 2026

अबको तीन दिन छैन भारी वर्षा

  • खबरदाता

अबको तीन दिन छैन भारी वर्षा

देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । भारी वर्षाको भने पूर्वानुमान छैन ।

जल तथा मौसम विज्ञान विभागले दिउँसो देशभर साधारणतया बादल लाग्ने बताएको छ । हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।

तराई भूभागको थोरै स्थानमा मध्यमसम्मको वर्षाको पूर्वानुमान छ ।

विभागले राति देशभर साधारणतया बादल लाग्ने जानकारी दिएको छ । देशका हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागको केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।

मौसमविद् विनोद पोखरेल अबको तीन दिन भारी वर्षाको सम्भावना नरहेको बताउँछन् । “अबको तीन दिन भारी वर्षाको सम्भावना छैन,” मौसमविद् पोखरेल भन्छन्, “तर, अर्को हप्ता मंगलबार र बुधबारको जस्तै (भारीदेखि धेरै भारी) वर्षाको सम्भावना छ । तर भीषणा वर्षाको सम्भावना भने देखिँदैन ।”

देशभर मनसुनी वायुको प्रभाव रहँदा मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको विभागले प्रस्ट पारेको छ ।

  • प्रकाशित मिति : साउन २२, २०८३, शुक्रवार ०६:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८