• असार १७, २०८३, बुधवार Wednesday, 01 July, 2026

मौसम सक्रिय, आज भारी वर्षा हुने

  • खबरदाता

मौसम सक्रिय, आज भारी वर्षा हुने

देशका विभिन्न स्थानमा गएरातिदेखि नै वर्षा भइहेको छ । काठमाडौंलगायत स्थानमा वर्षा भइरहेको हो । विशेषगरी पश्चिम नेपालमा तुलनात्मक रूपमा धेरै वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर पूर्णतया बादल लाग्नेछ । देशको हिमाली भूभागको केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।

पहाडी भूभागका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षारहिमपातको सम्भावना छ । तराई भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

विभागले राति देशभर पूर्णतया बादल लाग्ने बताएको छ । हिमाली भूभागको थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।

पहाडी भूभागको केही स्थानमा र देशको तराई भूभागको थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोसी, वाग्मती र लुम्बिनी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

मौसमविद् विनोद पोखरेल मनसुन प्रवेश गरेसँगै पश्चिम नेपालमा वर्षा भइरहेको बताउँछन् । “पूर्वी नेपालमा कम पानी परेको छ । पूर्वी तराई पूरै सुक्खा छ,” उनी फेसबुकमा लेख्छन्, “तर, आगामी दिनमा नेपालभरी पानी पर्ने क्रम जारी रहने देखिन्छ ।”

मौसमविद् पोखरेल मनसुन आयो भनेर पानी पर्छ नै भन्ने नहुने प्रस्ट पार्छन् । “पानी पर्ने अथवा नपर्ने मनसुनको न्यूनचापीय रेखामा भर पर्छ । अहिले त्यो रेखा पश्चिम नेपालको नजिक र पूर्वी नेपालबाट टाढा रहेकोले पश्चिममा राम्रो वर्षा हुँदा पूर्वी तराई सुक्खा छ,” उनी अगाडि लेख्छन्, “यो क्रम यो हप्ताभरी रहने हुँदा पूर्वी तराईमा कम वर्षा र पश्चिममा धेरै हुने सम्भावना छ ।”

  • प्रकाशित मिति : असार १७, २०८३, बुधवार ०६:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८