• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026

कांग्रेसको १५औँ महाधिवेशन कार्यतालिका रोक्न माग गर्दै सर्वोच्चमा रिट, पेसी आज

  • खबरदाता

कांग्रेसको १५औँ महाधिवेशन कार्यतालिका रोक्न माग गर्दै सर्वोच्चमा रिट, पेसी आज

नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

बिहीबार दर्ता भएको पूरक रिटलाई सर्वोच्चले आज को पेसी दिएको छ । यसअघि विशेष महाधिवेशनलाई मान्यता नदिन माग गर्दै रिटको पेसी आगामी वैशाख ३ गतेका लागि तोकिएको छ ।

सर्वोच्चबाट आदेश नहुँदै १५औँ महाधिवेशनसहित अन्य गतिविधि आधिकारिकता पाइसकेझैँ सुरु गरेको भन्दै देउवा पक्षले पुनः रिट लगेको हो । उसले १५औँ महाधिवेशन कार्यतालिका कार्यान्वयनमा रोक लगाउने आदेश माग गर्दै मुद्दाको छिनोफानो भएपछि मात्रै अन्य गतिविधि गर्ने आदेश माग गरेको छ ।

  • प्रकाशित मिति : चैत २७, २०८२, शुक्रवार ०८:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८