• चैत २०, २०८२, शुक्रवार Friday, 03 April, 2026

लेखकको रिहाइको मागमा सर्वोच्च अदालतले दियो कारण देखाउ आदेश

  • खबरदाता

लेखकको रिहाइको मागमा सर्वोच्च अदालतले दियो कारण देखाउ आदेश

सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकको रिहाइको माग गरिएको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा कारण देखाउ आदेश दिएको छ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गरिएको यस्तै निवेदनमा भने निर्णय आउन बाँकी छ।

भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले गरेको कारबाही सिफारिसका आधारमा भन्दै सरकारले शनिवार बिहानै ओली र लेखकलाई पक्राउ गरेको थियो।

आइतवार काठमाण्डू जिल्ला अदालतले दुवै नेतालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।

ओली र लेखकको गिरफ्तारी कानुनविपरीत भएको धारणा उनीहरूका कानुन व्यवसायीहरूले राख्दै आएका छन्। साथै, दुवै नेताका पत्नीहरूले आइतवार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए।

आफ्ना अध्यक्ष पक्राउ परेसँगै नेकपा एमालेले प्रतिशोध साँधिएको भन्दै देशव्यापी प्रदर्शनहरू गरिरहेको छ।

  • प्रकाशित मिति : चैत १६, २०८२, सोमवार १५:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८