• फागुन ५, २०८२, मंगलवार Tuesday, 17 February, 2026

देशभर पश्चिमी वायुको प्रभाव, कोसीमा वर्षा र हिमपातको सम्भावना

  • खबरदाता

देशभर पश्चिमी वायुको प्रभाव, कोसीमा वर्षा र हिमपातको सम्भावना

देशभर पश्चिमी वायुको प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशका उच्च पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

तराईका धेरै स्थानमा हुस्सु लागेको छ ।

विभागका अनुसार तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ।

कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रही बाँकी भू९भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ ।

यस्तै, राति तराई भू–भागका धेरै स्थानमा हुस्सु रहनेछ ।

कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने बताइएको छ ।

  • प्रकाशित मिति : पुस २१, २०८२, सोमवार ०६:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८