काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ गैरकानुनी रहेको बताउँदै दायर भएको बन्दीप्रत्यक्षीकरण रिटमा सोमबार (चैत १६) सुनुवाइ हुँदै छ ।
एमाले अध्यक्ष समेत रहेका ओलीको सुनुवाइ गर्न सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको इजलास तय भएको छ । लेखकको सुनुवाइका लागि न्यायाधीश कुमार रेग्मीको इजलास तोकिएको छ । ओलीको हकमा उनकी पत्नी राधिका शाक्य र लेखकको हकमा उनकी पत्नी यशोदा लेखकले आइतबार रिट निवेदन दिएकी थिइन् ।
ओली र लेखकलाई चैत १४ गते भक्तपुरस्थित उनीहरूको निवासबाट पक्राउ गरिएको थियो । भदौ २३ र २४ गते भएको घटनाका विषयमा जाँचबुझ प्रतिवेदनका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको हो । दुवैजनालाई काठमाडौं जिल्ला अदालतले पाँच दिन हिरासतमा राख्न आइतबार अनुमति दिएको छ । बन्दीप्रत्यक्षीकरण रिटमा २४ घण्टाभित्र इजलासमा उपस्थित गराएर थुनामुक्त गर्न माग छ ।
ओली र लेखकको बन्दीप्रत्यक्षीकरणमा सुनुवाइ हुँदै गर्दा सर्वोच्चको सुरक्षामा कडाइ गरिएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८