• जेठ १०, २०८३, आइतवार Sunday, 24 May, 2026

खोटाङमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना

  • खबरदाता

खोटाङमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ ।

हेलिकोप्टर दुर्घटना भएको हो ।

पाँचजना यात्रु बोकेर खोटाङ पुगेको हेलिकोप्टर ल्यान्ड गर्ने क्रममा दुर्घटनामा परेको हो ।

बिरामी बोकेर गएको हेलिकोप्टर बालाबेसीमा ल्यान्ड गर्ने क्रममा दुर्घटना भएको एयर डानेस्टीले जनाएको छ ।

दुर्घटनामा एक यात्रु घाइते भएको र अन्य सकुशल रहेको एयर डाइनेस्टीले जनाएको छ । घाइतेको गोडा भाँचिएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले बाह्रखरीलाई जानकारी दिइन् ।

“केपिलासगढी गाउँपालिका २ बालाबेसीमा ल्यान्ड गर्ने क्रममा दुर्घटना हुँदा एक जनाको गोडा भाँचिएको र अन्य सकुशल रहेको अवस्था छ,” कँडेलले भनिन् ।

  • प्रकाशित मिति : चैत ४, २०८२, बुधवार १४:२१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८