• जेठ १०, २०८३, आइतवार Sunday, 24 May, 2026

यी प्रदेश र स्थानमा हुनेछ हल्कादेखि मध्यम वर्षा

  • खबरदाता

यी प्रदेश र स्थानमा हुनेछ हल्कादेखि मध्यम वर्षा

देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

कोसी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

विभागले राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने बताएको छ ।

गण्डकी प्रदेशको तराई तथा वाग्मती र कोसी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ । कोसी प्रदेशको पहाडी र हिमाली भूभागलगायत गण्डकी र कर्णाली प्रदेशको हिमाली क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले बताएको छ ।

 

  • प्रकाशित मिति : चैत ४, २०८२, बुधवार ०६:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८