• असोज १, २०८३, बिहीवार Thursday, 17 September, 2026

एमाले अध्यक्ष ओलीलाई पितृशोक

  • खबरदाता

एमाले अध्यक्ष ओलीलाई पितृशोक

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ।

९७ वर्षको उमेरमा शुक्रबार बिहान उनको निधन भएको हो।

बिहान ३ बजे भक्तपुर गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री नगर अस्पतालमा निधन भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ।

सचिवालयका अनुसार अध्यक्ष ओलीका पिता केही दिनदेखि अस्वस्थ थिए। उनी छोरीको घरमा बस्दै आएका थिए। शारीरिक अवस्था जटिल भएपछि आज बिहान अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

उनको पार्थिक शरीर केही बेरमा भक्तपुरस्थित अध्यक्ष ओली निवास गुण्डु लगिने र पशुपतिस्थित आर्यघाटमा आजै दाहसंस्कार हुने सचिवालयले जानकारी दिएको छ।

  • प्रकाशित मिति : फागुन २९, २०८२, शुक्रवार ०९:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८