प्रतिनिधि सभाको समानुपातिक निर्वाचनतर्फ हालसम्म ४६,०२० मत गणना भएको छ।
प्राप्त मत परिणामअनुसार दलगत प्रतिस्पर्धामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट रूपमा अगाडि देखिएको छ।
हालसम्मको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले २६,२४९ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ।
नेपाली कांग्रेसले ८,४०९ मतसहित दोस्रो स्थान ओगटेको छ भने नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत मार्क्सवादी लेनिनवादी० ले ३,६६० मत प्राप्त गरेको छ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ३,६०३ मत प्राप्त गरेको छ। नेपाली कम्युनिष्ट पार्टीले १,१९६ मत पाएको छ भने श्रम संस्कृति पार्टीले १,११४ मत प्राप्त गरेको छ।
अन्य दलमध्ये राष्ट्रिय परिवर्तन पार्टीले ६६७ मत, नेपाल मजदुर किसान पार्टीले २३२ मत र नेपाल जनता संरक्षण पार्टीले १०८ मत प्राप्त गरेका छन्।
मतगणना जारी रहेकाले अन्तिम परिणाममा पनि रास्वपाले पकड बनाएर दुईतिहाइ नजिक पुग्ने सम्भावना देखिएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८