• असार २७, २०८३, शनिवार Saturday, 11 July, 2026

गोरखा–१ मा बिहान ११ बजेपछि मतगणना

  • खबरदाता

गोरखा–१ मा बिहान ११ बजेपछि मतगणना

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गोरखा क्षेत्र नम्बर–१ मा शनिबार (फागुन २३) बिहान ११ बजेपछि मतगणना सुरु गरिने भएको छ । बिहीबार (फागुन २१) मतदान भए पनि मतपेटिका संकलनका काममा ढिलाइ हुँदा मतगणना सुरु हुन नसकेको हो ।

शनिबार बिहान मतपेटिका संकलनको काम सकिएसँगै गणनाको तयारी गरिएको जिल्ला प्रशासन कार्यालयल गोरखाले जनाएको छ ।

गोरखा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुधन गुरुङ, नेकपा (एमाले)बाट रामचन्द्र (आरसी) लामिछाने, नेपाली कांग्रेसबाट प्रेम खत्री, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का हरि अधिकारीलगायत उमेदवार छन् ।

गोरखा–२ मा भने रास्वपाका उमेदवार कविन्द्र बुर्लाकोटी ६ हजार ०६१ मतसहित अग्रस्थानमा छन् । उनलाई पछ्याइरहेका नेकपाका उमेदवार लेखनाथ न्यौपानेले एक हजार ७६४ मत पाएका छन् ।

  • प्रकाशित मिति : फागुन २३, २०८२, शनिवार १०:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८