• जेठ ४, २०८३, सोमवार Monday, 18 May, 2026

प्रहरीले बोकेको हतियारबाट गोली पड्किँदा मतपेटिकामा क्षति

  • खबरदाता

प्रहरीले बोकेको हतियारबाट गोली पड्किँदा मतपेटिकामा क्षति

विराटनगर । उदयपुरमा निर्वाचन सुरक्षाका लागि खटिएका प्रहरीले बोकेको हतियारबाट गोली पड्किँदा मतपेटिकामा सामान्य क्षति पुगेको छ । कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूल केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा बिहान ७ः१० बजेतिर घटना भएको हो ।

नेपाल प्रहरीले बोकेको सटगनबाट गोली पड्किएको थियो । प्रहरीले बोकेको हतियारबाट गोली पड्किएर मतपेटिकामा क्षति पुगे पनि मानवीय र अन्य भौतिक क्षति भने नभएको कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले बताए ।

गोली पड्किएर क्षति पुगेको मतपेटिका फेरेर मतदानलाई सुचारु राखिएको छ । मतदानमा अन्य कुनै अवरोध नभएको प्रहरीले जनाएको छ ।

  • प्रकाशित मिति : फागुन २१, २०८२, बिहीवार ०९:२९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८