• भदौ ७, २०८३, आइतवार Sunday, 23 August, 2026

दुबईको जेबेल अली बन्दरगाहमा आगलागी

  • खबरदाता

दुबईको जेबेल अली बन्दरगाहमा आगलागी

मध्यपूर्वको सबैभन्दा ठुलो व्यावसायिक बन्दरगाह दुबईको जेबेल अली बन्दरगाहको एउटा बर्थमा आगलागी भएको छ । दुबई मिडिया अफिसका अनुसार हवाई आक्रमणका क्रममा खसेका अवशेषहरूले लागेपछि उक्त आगलागी भएको हो ।

सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिँदै मिडिया अफिसले दुबईको सिभिल डिफेन्स टोलीले आगो पूर्ण रूपमा निभाउन प्रयास जारी राखेको बताएको छ । यस आगलागीबाट भएको मानवीय क्षतिको बारेमा अहिलेसम्म कुनै विवरण सार्वजनिक गरिएको छैन ।

मिडिया अफिसले सन् २०२१ मा सोही बन्दरगाहमा भएको आगलागीको ‘पुरानो भिडियो’ सामाजिक सञ्जालमा सेयर नगर्न सर्वसाधारणलाई सचेत गराएको छ । जेबेल अली बन्दरगाह पाल्म जुमेराहको दक्षिणमा अवस्थित छ ।

  • प्रकाशित मिति : फागुन १७, २०८२, आइतवार ०६:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८