• मंसिर १३, २०८३, आइतवार Sunday, 29 November, 2026

इरानी बालिका विद्यालयमा इजरायली हमला : ५७ जनाको मृत्यु, ६० घाइते, ५३ बेपत्ता

  • एजेन्सि

इरानी बालिका विद्यालयमा इजरायली हमला : ५७ जनाको मृत्यु, ६० घाइते, ५३ बेपत्ता

मध्यपूर्वमा तनावले युद्धको रूप लिएको छ । शनिबार बिहानैदेखि अमेरिका र इजरायली सेनाले संयुक्त रूपमा इरानका विभिन्न सैन्य तथा रणनीतिक क्षेत्रहरूमा भीषण आक्रमण सुरु गरेका छन् ।

यस आक्रमणको जवाफमा इरानले पनि इजरायल र यस क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा सयौँ ब्यालिस्टिक मिसाइल र ड्रोन प्रहार गरेपछि स्थिति नियन्त्रण बाहिर पुगेको छ ।

इरानको दक्षिणी प्रान्त होर्मोज्गानमा रहेको मिनाब सहरस्थित शजरेये तय्येबाह नामक प्राथमिक बालिका विद्यालयमा इजरायली मिसाइलले निशाना बनाएको छ । इरानको सरकारी समाचार एजेन्सी इर्नाका अनुसार उक्त आक्रमणमा कम्तीमा ५७ जनाको मृत्यु भएको छ भने ६० जना गम्भीर घाइते भएका छन् ।

मिनाबका प्रान्तीय गभर्नर मोहम्मद रादमेह्रले अझै पनि ५३ जना विद्यार्थीहरू विद्यालयको भग्नावशेषमा पुरिएको र उद्धार कार्य जारी रहेको पुष्टि गरेका छन् ।

 

  • प्रकाशित मिति : फागुन १६, २०८२, शनिवार १९:५९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८