• कात्तिक १९, २०८३, बिहीवार Thursday, 05 November, 2026

मधेसका चार जिल्लामा आज कांग्रेसको चुनावी सभा

  • खबरदाता

मधेसका चार जिल्लामा आज कांग्रेसको चुनावी सभा

नेपाली कांग्रेसले शनिबार मधेसका चार जिल्लामा चुनावी सभा गर्दैछ।

सर्लाही, रौतहट, बारा र पर्सामा कांग्रेसले आज चुनावी सभा गर्न लागेको हो।

चार वटै जिल्लामा हुने सभालाई सभापति गगन थापाले सम्बोधन गर्नेछन्।

सभापति थापा सर्लाहीको लालबन्दी, रौतहट र बारा हुँदै पर्साको वीरगञ्ज पुग्नेछन्।

त्यस्तै सभापति थापाले आइतबार फागुन १७ गते काठमाडौँ उपत्यकामा हुने कार्यक्रममा सम्बोधन गर्नेछन् ।

गत फागुन ६ गते जनकपुरधाममा पार्टीको प्रतिज्ञा पत्र सार्वजनिक गरेपछि फागुन ७ गते काठमाडौँको राष्ट्रिय सभागृहमा प्रतिज्ञा पत्रबारे चर्चा गर्दै प्रतिज्ञा पत्रबारे उठेका प्रश्नको जवाफ दिएका थिए ।

सभापति थापाले गत बिहीबार सुर्खेत र बाँकेको चुनावी सभालाई सम्बोधन गरेका थिए ।

त्यस्तै सभापति थापाले शुक्रबार रुपन्देही, कपिलवस्तु, बाग्लुङ र कास्कीमा भएको चुनावी सभालाई सम्बोधन गरेका थिए।

  • प्रकाशित मिति : फागुन १६, २०८२, शनिवार ०८:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८