• कात्तिक १८, २०८३, बुधवार Wednesday, 04 November, 2026

मलाई थाहा छ- देश एक्लैले बन्दैन, म सबैलाई मिलाउँछु : गगन थापा

  • खबरदाता

मलाई थाहा छ- देश एक्लैले बन्दैन, म सबैलाई मिलाउँछु : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले एक्लो प्रयासले मुलुक नबन्ने बताएका छन् । सोहीकारण आफूले सबै दललाई मिलाएर अघि बढ्ने उनले बताए ।

शुक्रबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले आफू सबै दललाई सँगै लिएर अघि बढ्ने बाटोमा रहेको बताए । आफू प्रधानमन्त्री हुने मौका पाए सबै दलहरूलाई साथ लिएर अघि बढ्ने उनको भनाइ छ ।

देश एक्लै नबन्ने भन्दै थापाले मुलुक निर्माणका लागि एमाले, नेकपा, रास्वपालगायतका सबै दलसँग सहकार्य गरेर अघि बढ्नु नै मुलुकको हितमा हुने उल्लेख गरे ।

यस्तो छ थापाको भनाइ :

तपाईंहरूले केवल सामाजिक सञ्जालमा भिडेर मात्रै हुँदैन । सामाजिक सञ्जाल जहिले पनि सामान्यतया कसको पक्षमा हुन्छ रु जसले घृणा फैल्याउँछ । जस्तो म अहिले यहाँ आए । यहाँ आएर दुईजनालाई गाली गरेँ । केही तुच्छ कुरा बोले । बेलुका त्यो भाइरल हुन्छ । त्यो कन्टेन्ट बन्छ ।

तर, मैले प्रेमको कुरा गर्छु । सिर्जनाको कुरा गर्छु । विकासको कुरा गर्छु, मिलाउने कुरा गर्छु । किन मलाई थाहा छ– देश एक्लैले बन्दैन, एक्लैले चल्दैन । मैले भोलि प्रधानमन्त्री बन्ने मौका पाएँ भने मलाई एमाले पनि चाहिन्छ, मलाई माओवादी चाहिन्छ । मलाई रास्वपा चाहिन्छ । मलाई सबै पार्टी चाहिन्छ । मैले त सबैलाई लिएर जानुपर्छ । संविधान संशोधन गर्नुपर्छ । चाहिएन, मलाई ६ हजार ७४३ वडाको वडाध्यक्षको साथ चाहिन्छ । सात प्रदेशको साथ चाहिन्छ । न्युज एजेन्सी नेपाल

  • प्रकाशित मिति : फागुन १५, २०८२, शुक्रवार १७:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८