• जेठ १०, २०८३, आइतवार Sunday, 24 May, 2026

ठूलो परिमाणमा विदेशी मुद्रासहित त्रिभुवन विमानस्थलबाट स्विडिस नागरिक पक्राउ

  • खबरदाता

ठूलो परिमाणमा विदेशी मुद्रासहित त्रिभुवन विमानस्थलबाट स्विडिस नागरिक पक्राउ

काठमाडौं । बाहिर लैजाँदै गरेको ठूलो परिमाणको विदेशी मुद्रासहित स्विडिस नागरिक पक्राउ परेकी छिन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको होल्ड ब्यागेज चेकिङ एरियाबाट उनलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा ५१ वर्षीया स्विडिस नागरिक कुन्चोक खान्द्रो छिन् ।

उनलाई अमेरिकी डलर साढे १० हजार, युरो २६ हजार ७००, चिनियाँ युआन सात हजार ४०० र फेम हन्ड्रा क्रोनर (स्विडेन) ४३ हजारसहित मंगलबार विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरी गरेको हो ।

प्रहरीका अनुसार उनी सिचुवान एयरलाइन्सको उडानमार्फत चीन जाँदै थिइन् ।

खान्द्रोलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोक, ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

  • प्रकाशित मिति : फागुन १३, २०८२, बुधवार १२:५५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८