• जेठ १०, २०८३, आइतवार Sunday, 24 May, 2026

तामाकोशीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुग्यो

  • खबरदाता

तामाकोशीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुग्यो

काठमाडौंको कोटेश्वरबाट ओखलढुंगाका लागि छुटेको एउटा यात्रुवाहक बस मंगलबार मध्याह्न तामाकोशी नदीमा खस्दा ज्यान गुमाउनेको संख्या नौ पुगेको छ ।

ओखलढुंगा जाँदै गरेको प्रदेश ३ ०१-००५ख ९९७५ नम्बरको यात्रुवाहक बस रामेछापको मन्थली नगरपालिका–६ त्रिवेणी घाटस्थित तामाकोशी नदीमा खसेर दुर्घटना हुँदा घटनास्थलमै ६ जनाले ज्यान गुमाएका थिए ।

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार दुर्घटनपछि हालसम्म ९ जनाले ज्यान गुमाएका हुन् ।

घटनास्थलमा उद्धारका लागि सशस्त्र प्रहरी बलको रामेछाप गुल्म र विपद् व्यवस्थाप बेस खुर्कोटबाट गोताखोरसहितको टोली खटिएको थियो । उक्त टोलीले बससँगै तामाकोशीमा डुबेकाहरूको पनि खोजी गरिरहेको छ ।

काठमाडौंबाट उक्त बसले ८ जान यात्रु बोकेर हिँडेको थियो । तर बाटोमा टिकट नभएका यात्रुसहित करिब १७ जना सवार रहेको खुलेको छ ।

  • प्रकाशित मिति : माघ २७, २०८२, मंगलवार १४:२५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८