• चैत २७, २०८२, शुक्रवार Friday, 10 April, 2026

चितवनमा ट्रक र मोटरसाइकल ठक्कर खाँदा चालकको मृत्यु

  • खबरदाता

चितवनमा ट्रक र मोटरसाइकल ठक्कर खाँदा चालकको मृत्यु

यहाँ ट्रक र मोटरसाइकल ठक्कर खाँदा मोटर साइकल चालकको मृत्यु भएको छ।

प्रहरीले जनाए अनुसार हिजो शुक्रवार साँझ ६:३० बजेको समयमा भरतपुर – १६ छाहारी चोक नजिकै ना६ख ६३१६ नम्बरको मिनि ट्रक र बिपरीत दिशाबाट जाँदै गरेको ना३१प २११४ नम्बरको मोटरसाइकल ठक्कर खाएका हुन।

उक्त दुर्घटनामा मो।सा।चालक भरतपुर -१६ बस्ने बर्ष २८ को कुल बहादुर मगरको मृत्यु भएको हो।
गम्भिर घाईते मगरलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुरमा लगिएकोमा उपचारकै क्रममा सनिवार राती १:५१ बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ।

दुबै सवारी साधन र ट्रक चालक भरतपुर -१ रामनगर बस्ने बर्ष ५२ को अम्मर थापा वडा प्रहरी कार्यालय नारायणगढको नियन्त्रणममा रहेका छन।

  • प्रकाशित मिति : माघ २४, २०८२, शनिवार ०६:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८