आइसिसी वुमन्स टी-२० विश्वकप विश्व छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाललाई स्कटल्यान्डले १४१ रनको लक्ष्य दिएको छ।
सुपर(६ मा पुग्न जित्नै पर्ने नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्यान्ड २० ओभरमा १४० रनमा अलआउट भयो।
स्कटल्यान्डका लागि प्रियानाज चटर्जीले नटआउट ४५ रन बनाइन्। उनले २८ बलमा ७ चौका प्रहार गरिन्।
अलिसा लिस्टरले २२ रन बनाइन भने विकेटकिपर साराह बाइसले १८ रन जोडिन्।
१२औं ओभरमा ७९ रन बनाउदा ६ विकेट गुमाएको स्कटल्यान्डको इनिङ चटर्जीले सम्हालेकी थिइन्।
बलिङमा नेपालकी मनिषा उपाध्यायले ४ विकेट लिइन् भने रुबिना क्षेत्रीको नाममा ३ विकेट रह्यो।
समूहमा यसअघि थाइल्यान्ड र नेदरल्यान्ड्ससँग पराजय भोगेको नेपालले जिम्बावेलाई भने हराएको थियो।
अब स्कटकल्यान्डलाई हराएर नेरदल्यान्ड्स र थाइल्यान्डबीचको नजिता नेपालको पक्षमा आए नेपाल समूह ‘बी’ मा शीर्ष तीनमा परेर सुपर(६ मा पुग्नेछ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८