• असार २७, २०८३, शनिवार Saturday, 11 July, 2026

सानेपामा आज कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

  • खबरदाता

सानेपामा आज कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज दिउँसो १ बजे बस्दैछ ।

विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिले पहिलो पटक पार्टी मुख्यालय सानेपामा बैठक राखेको छ ।

आजको बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा होमिने निर्णय गर्ने तयारी गरेको छ । त्यस्तै चुनावी परिणाम आफ्नो पक्षमा पार्न कार्यतालिका बनाएर आवश्यक योजना र रणनीतिका साथ अघि बढ्ने नेताहरूले बताएका छन् ।

कांग्रेसका सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले निर्वाचनको तयारीबारे बैठकले निर्णय लिने बताए ।

कांग्रेसले १० गते चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

 

  • प्रकाशित मिति : माघ ९, २०८२, शुक्रवार ०६:५९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८