पश्चिम नवलपरासी क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी रद्द भएको छ ।कांग्रेस नेता कँडेलको उम्मेदवारी खारेज भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पश्चिम नवलपरासीले जानकारी दिएको हो ।
क्षेत्र नम्बर २ मा कांग्रेसका लुम्बिनी प्रदेश समितिका सदस्य भीमबहादुर थापा र कँडेलले मनोनयन दर्ता गराएपछि आधिकारिकताको विषयमा विवाद देखिएको थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार थापाको उम्मेदवारी कायम राख्दै कँडेलको उम्मेदवारी रद्द गरिएको हो ।
जिल्लाको क्षेत्र नम्बर १ र २ ले उम्मेदवारको नामावली प्रकाशन गरेको छ । कुल ५७ उम्मेदवारमध्ये ५५ जनाको मात्र उम्मेदवारी कायम भएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८