• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

मेयरबाट राजीनामा दिने निर्णयबाट पछि हटे बालेन, के हो कारण ?

  • खबरदाता

मेयरबाट राजीनामा दिने निर्णयबाट पछि हटे बालेन, के हो कारण ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन० काठमाडौंको मेयरबाट राजीनामा दिने निर्णयबाट पछि हटेका छन् । उनले आज पार्टी कार्यालय चस्मती जानुअघि राजीनामा दिने चर्चा थियो ।

शाहका प्रेस सल्लाहकार सुरेन्द्र बजगाईंका अनुसार महानगर प्रमुखबाट शाहले अहिलेसम्म राजीनामा बुझाएका छैनन् ।

स्रोतका अनुसार बालेन प्रतिनिधिसभाको उम्मेदवार बने पनि राजीनामा नदिने मनस्थितिमा पुगेका छन् । उम्मेदवारी दर्ता भए मेयर पद स्वतस् निष्क्रिय हुने प्रावधान छ । सोही प्रावधानलाई टेकेर शाह अघि बढ्ने बताइएको छ ।

यदि चुनाव सर्ने परिस्थिति बनेमा महानगरमा फर्किने बाटो खुलै रहने मनस्थितिसहित बालेन राजीनामा दिने निर्णयबाट पछि हटेको बताइन्छ ।

रास्वपा प्रवेश गरेका बालेन आज पहिलोपटक पार्टी कार्यालय जाने कार्यक्रम छ । उनको स्वागतमा कार्यलयमा विशेष समारोहको आयोजना गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए । कार्यालयमा शाहका लागि विशेष कार्यकक्ष बनाइएको छ ।

  • प्रकाशित मिति : माघ ४, २०८२, आइतवार १५:२२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८