• वैशाख २२, २०८३, मंगलवार Tuesday, 05 May, 2026

आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

  • खबरदाता

आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

आज २०८२ साल माघ ३ गते शनिबार तदनुसार सन् २०२६ जनवरी १७ तारिख । माघ कृष्ण पक्षको चतुदर्शी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। – ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेष – दिन सहज छ । सम्पत्ति खर्च भए पनि इज्जत बढ्नेछ । राज्यको अंगमा संलग्न भए बढुवा हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । प्रतिपक्षी भनिएका साथीको साथ मिल्ने भएकाले लगानीका क्षेत्रमा हिम्मत गर्नुपर्ने दिन छ । व्यापारमा फाइदा हुनेछ ।

वृष – बन्धुसँगको सहकार्य सफल बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । विद्याको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । परिवारसँग सल्लाह गरेर अगाडि बढेमा दिन राम्रो बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन – तपाईंकै बोलीले विवाद बढ्नेछ । साथीहरुको असहयोग हुने भएकाले थोरै बोल्नु आवश्यक छ । पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ । लगानीका क्षेत्रमा गरेको मिहिनेत सफल बन्नेछ । शिक्षाको क्षेत्रमा भने आलश्यता बढ्नेछ ।

कर्कट – सम्पत्तिको घमण्ड हुनसक्छ । थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ । जन्मकुण्डलीमा शनि सहज भएमा राम्रो काम बन्नेछ । इज्जतका लागि सम्पत्ति खर्च गर्नुपर्ने दिन छ ।

सिंह – मनमा उमंग बढ्नेछ । व्यापारमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको सल्लाह लिएर अगाडि बढेमा दिन सहज बन्नेछ । मेहनत गरेमा मात्र सफलता प्राप्त हुने दिन छ ।

कन्या – अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ । समाजमा आफू बढी नै खटेर नाम कमाउनुपर्नेछ । राजनीतिक क्षेत्रमा तपाईंलाई प्रयोग गरेर आफ्नो स्वार्थ पूरा गर्ने समूह सक्रिय देखिन्छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

तुला – न्यायपूर्वक गरेको कर्मको फल प्राप्त हुनेछ । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा मिहिनेत बढी नै गर्नुपर्ने देखिन्छ । दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुन्छ ।

वृश्चिक – आज शुभ समाचार सुन्दा मन हर्षित हुनेछ । साथीभाइसँगको भेटले मनमा आनन्द मिल्नेछ । आम्दानीका नयाँ स्रोतहरु खुल्दै जाने संकेत देखिन्छ ।

धनु – दिन सहज छ । बोल्दा सचेत हुनुपर्नेछ । राजनीतिक क्षेत्रमा नाम र दाम मिल्ने योग छ । मनमा कुरा गुम्स्याएर नराख्नु राम्रो हुनेछ । स्वास्थ्यमा सुधार हुँदा मन शान्त बन्नेछ । पुराना साथीले तपाईंका गल्तीको खोजी गरिरहेकाले सचेत बन्नुपर्नेछ । परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ ।

मकर – दिन चुनौतीपूर्ण छ । हरेक क्षेत्रमा संघर्ष गर्नुपर्नेछ । पूर्वको लामो यात्रा नगर्नु उचित हुनेछ । अनुत्पादक क्षेत्रमा लगानी नगर्नु उचित हुन्छ । चिट्ठाको लोभमा नपर्नु राम्रो हुन्छ । बौद्धिक व्यक्तिको सल्लाहमा अगाडि बढ्नुपर्ने समय छ ।

कुम्भ – मन शान्त बन्ने योग छ । आज बनाएका योजना दीर्घकालीन बन्नेछन् । परिवारमा बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध समुधुर बन्नेछ । बिहान उठेर शिवको भजन मात्र सुन्न सकेमा मन शान्त बन्नेछ।

मीन – बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ । परिवारको सल्लाह अनुसार अगाडि बढेमा दैनिकी सहज बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

  • प्रकाशित मिति : माघ ३, २०८२, शनिवार ०७:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८