• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026

विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने र नगर्ने सबै कांग्रेस – उपसभापति शर्मा

  • खबरदाता

विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने र नगर्ने सबै कांग्रेस – उपसभापति शर्मा

नेपाली कांग्रेसका उपसभापति विशवप्रकाश शर्माले अबका दिनमा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने र नगर्नेहरूबीचको दरार र दुरी नराखी पार्टीलाई अगाडि बढाउने बताएका छन्।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगत थापा नेतृत्वको कार्यसमिति नै आधिकारिक नेपाली कांग्रेस हो भन्ने निर्णय गरेपछि उपसभापति शर्माले फेसबुकमा लाइभ भिडिओमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।

‘जो बदलिन्छन्, उनीहरूले बदल्न सक्छन्। हामीले पनि अब बदल्ने संकल्प लिनुपर्छ’, उनले भने, ‘विशेष महाधिवेशनमा जसले हस्ताक्षर गरे पनि वा नगरे पनि हामीबीच अब त्यो दरार र दुरी रहनु हुँदैन।’

उनले अगाडि भने, ‘एकथरी साथीहरूले सार्थक हस्तक्षेप गरिसकेको छ। अर्काथरी साथीहरूले पनि हस्तक्षेप गर्ने बेला आएको छ।’

अब नेपाली कांग्रेस पार्टीले जेनजी आन्दोलनले माग गरेको सुशासन प्रत्याभूत गर्ने संकल्प पनि उनले व्यक्त गरे। विगतमा भएका कमी-कमजोरीका लागि आत्मालोचित हुँदै त्यसलाई सच्याएर अघि बढ्ने पनि बताए।

  • प्रकाशित मिति : माघ २, २०८२, शुक्रवार २०:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८