भेनेजुएलाकी विपक्षी नेता तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना माचाडोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो नोबेल शान्ति पुरस्कारको पदक प्रस्तुत गरेको बताएकी छन् । बिहीबार ह्वाइट हाउसमा भएको निजी भेटमा उनले पदक दिएको जनाएकी छन् ।
भेटपछि माचाडोले यो दिन भेनेजुएलाली जनताका लागि ऐतिहासिक भएको बताउँदै ट्रम्पलाई स्वतन्त्रताप्रतिको प्रतिबद्धताका लागि सम्मानस्वरूप पदक दिएको उल्लेख गरिन् । तर, नोबेल समितिले पुरस्कार हस्तान्तरण गर्न नमिल्ने स्पष्ट पारेको छ ।
अमेरिकाले राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेपछि पनि ट्रम्प प्रशासनले माचाडोको नेतृत्वलाई समर्थन नगरी अन्तरिम सरकार प्रमुख डेल्सी रोड्रिगेजसँग सहकार्य गरिरहेको छ । यसैबीच, माचाडोले वासिङ्टन भ्रमणका क्रममा अमेरिकी सांसदहरूसँग भेटघाट पनि गरिन् ।
ट्रम्प प्रशासनले भेनेजुएलाको तेल क्षेत्र पुनर्संरचनामा तीव्र कदम चाल्दै पहिलोपटक ५० करोड डलर बराबरको तेल बिक्री सम्पन्न गरेको जनाएको छ । उता, रोड्रिगेजले अमेरिकासँग कूटनीतिक सम्बन्ध विस्तार गर्न आफू तयार रहेको संकेत दिएकी छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८