• फागुन ५, २०८२, मंगलवार Tuesday, 17 February, 2026

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

  • खबरदाता

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ।

बुधबार बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो।

भृकुटीमण्डपको कांग्रेस विशेष महाधिवेशन नेतृत्व चयनमा अघि बढेपछि संस्थापन पक्षले मंगलबार बिहान ११ बजे बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएको थियो।

विशेष महाधिवेशन पक्षसँग संवाद अघि बढेपछि बिहान बस्ने तय भएको बैठक दिउँसो १ बजेका लागि सारिएको थियो।

लाजिम्पाटको एक घरमा विशेष महाधिवेशन पक्ष र संस्थापन पक्षबीच बैठक लम्बिएपछि दिउँसो १ बजे पनि बैठक बस्न सकेन।

बेलुकी अबेर केही बेर मात्रै बसेर बैठक बुधबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको थियो।

विशेष महाधिवेशन पक्षले बैठकमा सहभागी नहुने जनाइसकेको छ।

मंगलबार केहीबेर बसेको बैठकले ठोस निर्णय नगरे पनि नियमित महाधिवेशन मार्फत नै नेतृत्व चयन गरी अघि बढ्नुपर्नेबारे छलफल भएको थियो।

  • प्रकाशित मिति : पुस ३०, २०८२, बुधवार ०६:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८