• जेठ ४, २०८३, सोमवार Monday, 18 May, 2026

चुनावका लागि खुल्यो म्यादी प्रहरीको भर्ना

  • खबरदाता

चुनावका लागि खुल्यो म्यादी प्रहरीको भर्ना

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सरकारले १ लाख ३३ हजार ( सय ८) निर्वाचन प्रहरी (म्यादी) भर्नाको तयारी गरेको छ ।

नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल कार्यविधि २०८२ अनुसार निर्वाचन प्रहरी भर्ना गर्न लागिएको हो ।

निर्वाचन प्रहरीमा भाग लिन इच्छुक नेपाली नागरिकलाई माघ १० गतेसम्म आवेदन दिन आह्वान भएको छ ।

प्रहरी, सशस्त्र प्रहरी र सेनाबाट अवकाश पाएकाहरुले पनि आवेदन दिन सक्नेछन् ।

यस्तै २०८२ पुससम्म सेना, प्रहरी र सशस्त्रमा आवेदन दिएकाहरु पनि प्राथमिकतामा पर्नेछन् ।

यसअघिका निर्वाचनमा सहभागी भएका म्यादी प्रहरी र विदेशी फौजमा काम गरेकाहरुलाई पनि यसपटक प्राथमिकतामा राखिएको छ ।

पुरुषका हकमा कम्तीमा ५ फिट इञ्च उचाइ र महिलाका हकमा ४ फिट १० इ१च उचाइ र गर्भवती नभएको प्रावधान राखेर आवेदन आह्वान भएको छ ।

आवेदकहरुबाट माघ ९ गतेभित्र छनौट गरी माघ १५ गते प्रशिक्षण शुरु हुने नेपाल प्रहरीको सूचनामा उल्लेख छ ।

  • प्रकाशित मिति : पुस २४, २०८२, बिहीवार ०७:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८