• कात्तिक १९, २०८३, बिहीवार Thursday, 05 November, 2026

राष्ट्रियसभाका उमेदवारको विरोधमा आज उजुरी दिन सकिने

  • खबरदाता

राष्ट्रियसभाका उमेदवारको विरोधमा आज उजुरी दिन सकिने

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम उमेदवारको विरोधमा आज उजुरी दिन सक्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम बुधबार सातवटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारको मनोनयनपत्र दर्ता गरिएको छ ।

निर्वाचन कार्यक्रमअनुसार यही पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी नामावली प्रकाशित गरिनेछ ।

पुस २७ गते उमेदवारले नाम फिर्ता लिने तथा उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

पुस २८ गते उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचनको कार्यतालिका छ ।

निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुने १८ सदस्यका लागि निर्वाचन गने लागेको हो । माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।

राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुँदै छ । आयोगले राष्ट्रिय जनगणना, २०७८ अनुसार मतदाता र मतभार सार्वजनिक गरिसकेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा र स्थानीय तहका प्रमुख एवं उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता छन् ।

  • प्रकाशित मिति : पुस २४, २०८२, बिहीवार ०६:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८