• कात्तिक १८, २०८३, बुधवार Wednesday, 04 November, 2026

सुनको मूल्य एकैदिन ४ हजार ६०० रुपैयाँले बढ्यो

  • खबरदाता

सुनको मूल्य एकैदिन ४ हजार ६०० रुपैयाँले बढ्यो

स्थानीय बजारमा आज फेरि सुनचाँदीको मूल्यमा उच्च वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एकैदिन ४ हजार ६०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आज चाँदीको मूल्य पनि १८५ रुपैयाँले बढ्दै ४ हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

  • प्रकाशित मिति : पुस २१, २०८२, सोमवार १३:५१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८