• कात्तिक १८, २०८३, बुधवार Wednesday, 04 November, 2026

कुलमान रास्वपाको उपसभापति बन्ने, समानुपातिकमा कति जना ?

  • खबरदाता

कुलमान रास्वपाको उपसभापति बन्ने, समानुपातिकमा कति जना ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र ऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच सहमति भएको छ ।

यो सहमतिसँगै घिसिङ उपसभापति बन्ने भएका छन् । पार्टी सभापति भने रवि लामिछाने र प्रधानमन्त्रीको उमेदवार बालेन शाह हुने सहमति रवि र बालेनबीच यसअघि नै भइसकेको छ । रवि र बालेनबीच सहमति भएपछि कुलमानलाई पनि सहमतिमा ल्याउन वार्ता र संवाद जारी थियो । जसमा सोमबार सहमति जुटेको हो ।

रवि, बालेन र कुलमानलाई एकै ठाउँमा उभिनका लागि सुधन गुरुङलगायत जेनजी अगुवाहरूले दबाब दिँदै आएका थिए । सहमतिपछि सुधनले आफूहरूले मिलाएरै छाडेको प्रतिक्रिया दिएका छन्।

सोमबार भएको त्रिपक्षीय वार्तामा सहमति जुटेको हो । अब पार्टीको समानुपातिक सूचीमा कुलमानको टिमबाट १८ जना समेटिने जनाइएको छ।

 

  • प्रकाशित मिति : पुस १४, २०८२, सोमवार १९:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८