• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026

प्रधानमन्त्री कार्की र तीन दलका शीर्ष नेताबीच छलफल जारी

  • खबरदाता

प्रधानमन्त्री कार्की र तीन दलका शीर्ष नेताबीच छलफल जारी

प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल जारी छ । प्रधानमन्त्री कार्कीले तीन दलका शीर्ष नेतालाई शनिबार  दिउँसो आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएर छलफल गरेकी हुन् ।

छलफलमा प्रधानमन्त्री कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन् ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि छलफलमा सहभागी रहेका उनको सचिवालयले जनाएको छ ।

निर्वाचनको अन्तिम तयारी र दलहरूबीचको थप समन्वयका निम्ति प्रधानमन्त्री कार्कीले शीर्ष नेताहरूसँग छलफल गरेकी हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको मध्यस्थतामा यसअघि शीतलनिवासमा प्रधानमन्त्री कार्कीले देउवा, ओली र प्रचण्डसँग छलफल गरेकी थिइन् । सरकारका प्रवक्ता खरेलले शुक्रबार (पुस ११) देउवा, ओली र प्रचण्डसँग उनीहरूकै निवासमा पुगेर छलफल गरेका थिए ।

  • प्रकाशित मिति : पुस १२, २०८२, शनिवार १६:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८