रौतहट । कटहरिया नगरपालिका–९ स्थित ज्योति डिस्टिलरीको ब्वाइलर विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ । ६ जना कामदार घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णु बस्यालका अनुसार आज बिहान भएको ब्वाइलर विष्फोटमा सोही नगरपालिका–९ बलुवाका ४५ वर्षीय लक्ष्मण यादवको घटनास्थलमा नै मृत्यु भएको हो ।
सबै घाइतेका हातखुट्टा जलेका छन् । उनीहरूलाई उपचारका निम्ति वीरगञ्ज पठाइएको छ ।
विष्फोटको कारण स्पष्ट भएको छैन । प्रहरी अनुसन्धान जारी छ । रासस
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८