• कात्तिक १८, २०८३, बुधवार Wednesday, 04 November, 2026

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

  • खबरदाता

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

पाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बस्ने बैठकमा धारणा राख्न बाँकी कार्यसम्पादन समिति सदस्यहरूले बोल्नेछन् ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार बुधबारदेखि सुरु भएको कार्यसम्पादन समितिको बिहीबार बसेको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे र महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ तथा सदस्यहरु विमलेन्द्र निधि, विजयकुमार गच्छदार, अर्जुननरसिंह केसी, प्रवक्ता डा। प्रकाशशरण महत, बलबहादुर केसी र ज्ञानेन्द्रबहादुर कार्कीले आ–आफ्नो धारणा राखेका थिए ।

बिहीबार कार्यसम्पादन समितिको बैठकपछि महामन्त्री शर्माले अबको १६ दिनमा क्रियाशील सदस्यताको काम सक्नुपर्ने अवस्था रहेको बताएका थिए । महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा यसपटक चुनाव नलड्ने घोषणा गरेका थिए ।

बैठकमा महामन्त्री थापाले चुनावअगाडि नेतृत्व परिवर्तन नभए आफू चुनाव नै नलड्ने घोषणा गरेका थिए ।

 

  • प्रकाशित मिति : पुस ११, २०८२, शुक्रवार ०७:०० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८