• कात्तिक १८, २०८३, बुधवार Wednesday, 04 November, 2026

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

  • खबरदाता

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन् ।

बिहीबार कांग्रेस पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै लेखकले जने-जी आन्दोलनमा भएका घटनासम्बन्धी जाँचबुझ आयोगमा आगामी सोमबार बयान दिन जान लागेको बताएका हुन् ।

आयोगले बयानका लागि शुक्रबार उपस्थित हुन पत्राचार गरेको भन्दै उनले आफू भने सोमबार आयोगको कार्यालयमा पुगेर बयान दिने बताएका छन् ।

जेन-जी आन्दोलनका क्रममा भएको दमनका बारेमा बयान दिन जाँचबुझ आयोगले लेखकलाई पत्राचार गरेको थियो ।

पार्टी केन्द्रीय समिति बैठकमा परामर्शपछि लेखक बयानका लागि तयार भएका हुन् ।

  • प्रकाशित मिति : पुस १०, २०८२, बिहीवार १७:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८