राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)बीच निर्णायक वार्ता जारी छ।
ललितपुरको ज्वागलस्थित कुमान वेञ्जनकारको घरमा बिहीबार दिउँसो १२:३० बजेदेखि वार्ता जारी रहेको छ। रास्वपाका नेता गणेश कार्कीकाअनुसार रवि र बालेनबीच ‘वान टू वान’ वार्ता भइरहेको छ।
उनीहरूबीच वैकल्पिक नयाँ शक्तिहरू कसरी एक भएर जाने विषयमा छलफल भइरहेको कार्कीले बताए।
उनकाअनुसार बालेनलाई प्रधानमन्त्रीका रुपमा अगाडि बढाउने विषयमा अहिले नै रास्वपाभित्र भने छलफल भइसकेको छैन। यद्यपि, बालेन भने प्रधानमन्त्रीका रुपमा जान चाहेको विषय बाहिरिएको छ।
रवि र बालेनबीच यसअघि सोमबार राति पनि भेटवार्ता भएको थियो। तर त्यस वार्तामा ठोस निर्णय हुन नसकेपछि बालेनले अन्य नयाँ शक्तिहरूसँग मिलेर जाने विषयमा गएराति नै घनिभूत छलफल गरेका थिए। उनले राजनीतिक दलका नेताहरूदेखि कलाकाल, पत्रकार, सामाजिक अभियान्ता तथा पूर्वप्रशासकसँग छलफल गरेका थिए।
गएरातिको छलफलपछि बालेनले कुलमान घिसिङसँग बिहीबार बिहान छलफल गरेका थिए। उनीहरूबीच मिलेर जाने विषयमासमेत कुरा भइरहेको स्रोत बताउँछ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८