नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पार्टीको महाधिवेशन केही समय पर धकेलिन सक्ने बताएका छन् ।
कृष्णप्रसाद भट्टराईको १०२औँ जन्मजयन्तीको अवसरमा मंगलबार ९पुस ८० काठमाडौंमा आयोजित कार्यक्रममा कोइरालाले भने, नेपाली कांग्रेसको अधिवेशन केही लम्बिन सक्छ ।
कांग्रेसको अधिवेशनबारे सबैमा चासो देखिएको भन्दै कोइरालाले महाधिवेशन कुनै नौलो कुरा नभएको बताए । महाधिवेशन हरेक चार वर्षमा हुने नियमित प्रक्रिया रहेको उल्लेख गर्दै उनले सञ्चारमाध्यमहरूले धेरै चासो देखाउन जरुरी नरहेको बताए ।
नेपाली कांग्रेसको अधिवेशनमा यत्रो चिन्ता किन लागेको रु एउटा पार्टीको अधिवेशन हुनु, पार्टीको अधिवेशन हो, निरन्तर चार चार वर्षमा हुनुपर्छ । भइरहन्छ भन्ने बुझ्नुस्, कोइरालाले भने, जसले पनि नेपाली कांग्रेसको अधिवेशनको बारेमा सोध्छ । मलाई त दिक्क पनि लाग्छ कहिले कहीँ । आफ्नो तरिकाले जान्छ, किन चिन्ता गर्ने ?
आफूले महाधिवेशन सार्न नखोजेको कोइरालाको भनाइ छ । मैले सार्न खोजेको होइन । म त पुस २६ गते हुनुपर्छ भन्ने व्यक्ति हुँ, उनले भने ।
क्रम संख्या नभएको क्रियाशील सदस्य बाँड्ने कामले केही समय पर धकेलिएको उनले तर्क गरे । आफू पुस २६ मै महाधिवेशन हुनुपर्छ भन्ने पक्षमा रहेको पनि उनको भनाइ छ ।
नयाँ क्रियाशील सदस्य बाँड्ने क्रममा देशभरि सिरियल नम्बर नभएको पठाउने त शेखर कोइराला होइन होला । अर्कैले पठाएको होला, उनले भने, मैले त थाहा पाएँ । थाहा पाएपछि चनाखो भएँ ।
सरकारले फागुन २१ गते निर्वाचनको मिति तोकेको भए पनि निर्वाचन हुन सम्भव नरहेको कोइरालाको भनाइ छ । निर्वाचनको माहोल कतै नदेखिएको उनले बताए । न्युज एजेन्सी नेपाल
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८