• माघ २१, २०८२, बुधवार Wednesday, 04 February, 2026

चितवनबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

  • खबरदाता

चितवनबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

चितवन– माडी नगरपालिका-२ ढिकोन टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १३ ट्याब्लेट सहित सोही नगरपालिका-२ भैरवपुर बस्ने ३७ वर्षीय गणेश गुरूङ भन्ने बुद्धिमान गुरूङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी चितवनकै भरतपुर महानगरपालिका-७ मनकामना टोलबाट अवैध लगूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-७ मनकामना टोल बस्ने २८ वर्षीय उमेश तामाङ र सोही महानगरपालिका-११ विशाल चोक बस्ने गोरखा घर भएका २३ वर्षीय सिजन रेग्मी रहेका छन् ।

जिल्ला प्रहरी कार्यलाय चितवनबाट खटिएको प्रहरीले बा.प्र ०३- ००४ प १९६६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

  • प्रकाशित मिति : पुस ८, २०८२, मंगलवार १७:५५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८