• कात्तिक १८, २०८३, बुधवार Wednesday, 04 November, 2026

मिराज, रविकिरण, अजयसहितका ‘जेनजी’ प्रहरीको नियन्त्रणमा

  • खबरदाता

मिराज, रविकिरण, अजयसहितका ‘जेनजी’ प्रहरीको नियन्त्रणमा

काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएका ‘जेनजी’लाई फेरि प्रहरीले नियन्त्रणमा लिएको छ । केही जेनजीलाई यसअघि नियन्त्रणमा लिइए पनि प्रहरीले तत्कालै छाडेको थियो ।

सोमबार ९पुस ७० प्रदर्शनमा उत्रिएका जेनजी अगुवालाई प्रहरीले नियन्त्रणमा लिएको हो । मिराज ढुंगाना, रविकिरण हमाल, अजय सोडारीलगायत जेनजीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई प्रहरीको गाडीमा राखिएको छ ।

मिराज, डा। निकोलस भुसाललगायत जेनजीलाई प्रहरीले यसअघि पनि नियन्त्रणमा लिएको थियो । उनीहरूलाई प्रहरीले लैजान खोजेको थियो । तर, उनीहरूले प्रहरीको गाडीमा बस्न मानेनन् । भीडले नाराबाजी गर्‍यो । त्यसपछि प्रहरीले उनीहरूलाई तत्कालै छाडेको थियो । पुनः उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

त्यहाँ आन्दोलन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरूलाई अनुमति दिएको थिएन । अनुमतिविपरीत प्रदर्शनमा उत्रिएकाले हटाउन खोजिएको प्रहरीले जनाएको छ ।

मिराजलगायत जेनजी सर्वपक्षीय सरकारसहितका माग राखेर आन्दोलनको घोषणा गर्दै सडकमा उत्रिएका हुन् ।

 

  • प्रकाशित मिति : पुस ७, २०८२, सोमवार १२:५१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८