• माघ २, २०८२, शुक्रवार Friday, 16 January, 2026

सिड्नी गोलीकाण्डका आक्रमणकारीमध्ये एक साजिद भारतीय भएको पुष्टि

  • खबरदाता

सिड्नी गोलीकाण्डका आक्रमणकारीमध्ये एक साजिद भारतीय भएको पुष्टि

अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीचमा डिसेम्बर १४ मा हमला गर्ने साजिद अकरम दक्षिण भारतीय सहर हैदराबादका बासिन्दा भएको खुलेको छ ।

साजिद भारतीय भएको भारतको तेलन्गाना प्रहरीले पुष्टि गरेको छ । प्रहरीले उनको भारतमा रहेको परिवारसँग सीमित सम्पर्क हुने गरेको बताएको छ ।

तेलन्गाना प्रहरीले वज्ञप्तिमा साजिदका कट्टरपन्थी विचार वा गतिविधिहरूबारे परिवारलाई कुनै जानकारी नभएको बताएको छ ।

तेलन्गाना प्रहरीले साजिद अकरम सन् १९९८ मा अस्ट्रेलिया गएपछि ६ पटक भारत आएको र ती भ्रमणहरू प्रायजसो पारिवारिक कारणले भएको बताएको छ ।

उनको विरुद्धमा भारतमा भने कुनै आपत्तिजनक रेकर्ड फेला नपरेको बताइएको छ । प्रहरीका अनुसार सिड्न गोलीकाण्ड गराउने बाबुछोरा साजिद र नावेद अकरमको कट्टरपन्थी सोचसँग भारत वा तेलन्गानासँग कुनै सम्बन्ध नदेखिने बताइएको छ ।

अस्ट्रेलियाली प्रहरीका अनुसार साजिद र नावेद गत महिना फिलिपिन्स गएका थिए । साजिद भारतीय राहदानीमा र उनका छोरा अस्ट्रेलियाली राहदानीमा यात्रा गरिरहेका थिए ।

अधिकारीहरूले यात्राको उद्देश्य अझै स्पष्ट नभएको र उनीहरू कुनै आतंकवादी संगठनसँग जोडिएका थिए वा त्यहाँ तालिम लिएका थिए भन्ने पनि निश्चित नभएको बताएका छन् ।

सिड्नी हमलामा १५ जनाको मृत्यु भएको थियो । अधिकारीहरूले प्रारम्भिक अनुसन्धानले यो हमला इस्लामिक स्टेटबाट प्रेरित भएको संकेत दिएको बताएका छन् । बीबीसी

  • प्रकाशित मिति : पुस २, २०८२, बुधवार ०६:५० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८