• असोज २९, २०८३, बिहीवार Thursday, 15 October, 2026

रवि र छविको मुद्दामा उच्च अदालत बुटवलमा आजका लागि पेसी

  • खबरदाता

रवि र छविको मुद्दामा उच्च अदालत बुटवलमा आजका लागि पेसी

सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दामा आज उच्च अदालत बुटवलमा पेसी तोकिएको छ ।

उच्च अदालत बुटवलका सूचना अधिकारी राम बहादुर कुवरले रवि र छविको मुद्दा सुनुवाइको लागि आजको पेसीमा रहेको जानकारी दिए ।

यसअघि दुईपटकसम्म लामिछाने पक्षका कानून व्यवसायीले निवेदन दिएपछि बहस स्थगित गरिएको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रवि र छवि दुवै पुर्पक्षका लागि थुनामा रहेका छन् ।

लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले बिगो रकम दाखिला गरेको भए पनि साउन २६ गते जमानत अस्वीकार गरेको थियो ।

जिल्ला अदालतको आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दिएका थिए ।

बुटवलको सुप्रिम सहकारी ठगीमा लमिछानेसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ ।

तर, लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भागबराबर बिगो दाखिला गरेको कागजात पेस गरेका थिए । लामिछाले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसाथ पेस गरेका थिए । लामिछानेले जस्तै जोशीले पनि त्यति नै बिगोबापतको जमानत पेस गरेका थिए ।

  • प्रकाशित मिति : मंसिर २५, २०८२, बिहीवार १०:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८