• कात्तिक १८, २०८३, बुधवार Wednesday, 04 November, 2026

धादिङमा स्कुल बस सहित एकै ठाउँ ७ वटा सवारी साधन ठोक्किए

  • खबरदाता

धादिङमा स्कुल बस सहित एकै ठाउँ ७ वटा सवारी साधन ठोक्किए

पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी नगरपालिका–६ चालिसेमा सात वटा सवारी एकै ठाउँमा दुर्घटनामा परेका छन्।

स्कुल बससहित चार वटा बस, दुइटा ट्रक र एउटा मोटरसाइकल दुर्घटनामा परेका हुन्।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

अहिले दुर्घटनास्थलबाट प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेको छ। दुर्घटनापछि सडकमा यातायात पूर्णरुपमा अवरुद्ध भएको छ।

दुइटा बसमा सवार अधिकांश यात्रु घाइते भएको बताइएको छ।

घाइतेलाई उद्धार गरी नजिकैको स्वास्थ्य संस्था र काठमाडौंतर्फ पठाइएको र प्रहरीद्वारा दुर्घटनामा परेका सवारीलाई हटाएर बाटो खुलाउने प्रयास भइरहेको छ।थप विवरण आउन बाँकी।

  • प्रकाशित मिति : मंसिर २०, २०८२, शनिवार १८:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८