• कात्तिक १९, २०८३, बिहीवार Thursday, 05 November, 2026

सुदूरपश्चिम र विराटनगर भिड्दा चितवन र पोखरा आमनेसामने हुँदै

  • खबरदाता

सुदूरपश्चिम र विराटनगर भिड्दा चितवन र पोखरा आमनेसामने हुँदै

राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल०मा आज दुई खेल हुने भएका छन् ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहान ११ः१५ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स भिडनेछन् । दिउँसो ३ः३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् ।

सुदूरपश्चिम अपराजित रहेर ६ खेलबाट १२ अंक जोडेर पहिलो क्वालिफायरमा पुगिसकेकाले उसलाई कुनै दबाब हुने छैन ।

आठ अंकसहित प्लेअफमा सुरक्षित भएको विराटनगरलाई भने पहिलो क्वालिफायर खेल्न आजको जित आवश्यक छ ।

विराटनगरले राम्रो रनरेटका साथ जित निकाले सुदूरपश्चिमसँग नै पहिलो क्वालिफायरमा खेल्नेछ । अन्यथा लुम्बिनी लायन्ससँग इलिमिलेटर खेल्नेछ ।

त्यसपछि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र काठमाडौं गोर्खाज भिड्नेछन् ।

दिउँसो हुने खेलमा प्लेअफ दौडबाट बाहिरिसकेका चितवन र पोखराबीच प्रतिष्ठाको लडाइँ मात्रै हुनेछ । दुवै टोलीको ६ खेलबाट चार÷चार अंक मात्रै रहेको छ । रासस

  • प्रकाशित मिति : मंसिर २०, २०८२, शनिवार ०७:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८