• कात्तिक १९, २०८३, बिहीवार Thursday, 05 November, 2026

लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

  • खबरदाता

लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै छन् ।

खेल अपराह्न ४ बजे सुरु हुनेछ । ६ खेलबाट ६ अंक जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न आजको खेल जित्नै पर्ने दबाब छ ।

तालिकाको चौथो स्थानको लुम्बिनीले ६ खेल खेल्दा तीन जित र तीन हारसहित ६ अंक नै जोडेको छ ।

शुक्रबारको एकमात्र खेलमा साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध जित निकाले लुम्बिनी प्रतियोगिताको प्लेअफ पुग्ने चौथो टिम बन्नेछ । लुम्बिनीले हार व्यहोरेमा तालिकाको चौथो हुने टिमले ६ अंकसहित प्लेअफमा स्थान बनाउनेछ ।

पाँचौँ र छैटौँ स्थानमा क्रमशः रहेका पोखरा एभेन्जर्स र चितवन राइनोजले समान चार अंक जोडेको छन् । यी दुवै टिमलाई बिहीबारको हार महंगो बन्यो ।

लिग चरणको आफ्नो अन्तिम खेलमा पोखराले चितवनविरुद्ध नै खेल्ने तालिका छ । यदि, शुक्रबारको खेलमा लुम्बिनी पराजित भए चितवन र पोखराबीचको खेलमा जित निकाल्ने टिम प्लेअफ पुग्ने सम्भावना प्रवल छ ।

तालिकाको सातौँ स्थानमा रहे पनि कर्णाली भने प्रतियोगिताको प्लेअफ समीकरणबाट बाहिरिसकेको छ ।

 

  • प्रकाशित मिति : मंसिर १९, २०८२, शुक्रवार ०६:५० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८