• कात्तिक १९, २०८३, बिहीवार Thursday, 05 November, 2026

धनगढीमा महेश बस्नेतको विरोधमा जेन–जी, प्रदर्शनस्थलमा देखिए सेना

  • खबरदाता

धनगढीमा महेश बस्नेतको विरोधमा जेन–जी, प्रदर्शनस्थलमा देखिए सेना

नेकपा (एमाले)का नेता महेश बस्नेत आउने भएपछि कैलालीको धनगढीमा जेन–जी युवाहरूले थालेको प्रदर्शनमा जारी छ ।

बुधबार राष्ट्रिय युवा संघले आयोजना गरेको युवा जागरण अभियानलाई सम्बोधन गर्न बस्नेत धनगढी आउँदै छन् । युवा संघका नेताहरूका अनुसार बस्नेत केही समयमा धनगढी पुग्ने कार्यक्रम छ ।

बस्नेतको विरोधमा धनगढीको जेन–जी मार्गनजिक हसनपुरमा युवाहरूको समूहले प्लेकार्डसहित प्रदर्शन गरिरहेका छन् । सुरक्षा घेरामा जेन–जीको प्रदर्शन चलिरहेको समयमा नेपाली सेनाको टोली पनि प्रदर्शनस्थलमा देखिएको छ ।

सेनाले आफूहरू अलर्ट रहेको सन्देश दिन रेकी गरेको हुनसक्ने आकलन गरिएको छ ।

  • प्रकाशित मिति : मंसिर १०, २०८२, बुधवार १३:५९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८