• असोज २८, २०८३, बुधवार Wednesday, 14 October, 2026

पृथ्वीराजमार्ग दैनिक चार घण्टा बन्द गरेर विजयपुरमा ‘ग्रिडर लन्चिङ’

  • खबरदाता

पृथ्वीराजमार्ग दैनिक चार घण्टा बन्द गरेर विजयपुरमा ‘ग्रिडर लन्चिङ’

कास्की । पृथ्वीराजमार्ग आजदेखि यही मंसिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ । मार्गमा पर्ने को ‘ग्रिडर लन्चिङ’कार्य सुरु हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ।

मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डले बिहान ०६ बजेदेखि ८ बजेसम्म र दिउँसो १२ बजेदेखि २ बजेसम्म सडक बन्द हुने जनाएको छ ।

योजना प्रमुख कृष्णबहादुर कुँबरले दैनिक चार घण्टा सडक पूर्णरआंशिक रूपमा बन्द रहने भएकाले पृथ्वी राजमार्ग हुँदै पोखरा भित्रिने र बाहिरिने सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको जानकारी दिए । उनले अवस्था हेरी प्रत्येक ३० मिनेटमा लाइन लागेका सवारीलाई क्लियर गर्न सकिनेसमेत जानकारी दिए ।

योजना प्रमुख कुँबरले पोखरादेखि विजयपुर हुँदै तालचोक जाने र सोही रुट हुँदै आउने सवारी साधनलाई पूर्ण रूपमा बन्द गरी काम गर्नुपर्ने भएकाले ट्राफिक व्यवस्थापनका लागि सम्बन्धित सबैमा आग्रह गरेको बताए । सवारी चालकलाई तोकिएको समयमा वैकल्पिक सडक हुँदै यात्रा गर्न उनको अनुरोध छ ।

मुग्लिन–पोखरा सडक योजनाले दुई पांग्रे तथा साना सवारी साधनका लागि बुढीबजारबाट बेलचौतारा हुँदै चाउथे आउने र जाने दुईतर्फी वैकल्पिक व्यवस्था गरिएको जनाएको छ ।

यसैगरी ठूला सवारीका लागि लेखनाको पावरहाउसचोकदेखि बागमारा हुँदै बिरौट आउनेरजाने दुई तर्फी रुट प्रयोग गर्न आग्रह गरिएको छ ।

देशको पर्यटकीय राजधानी पोखरालाई संघीय राजधानी काठमाडौंसम्म जोड्ने प्रमुख सडक पृथ्वीराजमार्ग स्तरोन्नतिका लागि मुग्लिङ–पोखरा सडक योजना अन्तरगत काम भइरहेको छ ।

मुग्लिङ–पोखरा सडकलाई दुई खण्डमा विभाजन गरी योजनाको काम भइरहेको हो । जामुनेदेखी आँबुखैरेनीसम्मको पूर्वी खण्डमा अधिकाँस काम सकिए पनि पोखरादेखी जामुनेसम्मको पश्चिम खण्डमा हालसम्म ५९.७६ प्रतिशत भौतिक प्रगति भएको योजना प्रमुख कुँबरले जानकारी दिए ।

यस खण्डको ३८.८८ किमीमा हालसम्म ३७।४ किमीमा एकतर्फी रूपमा पहिलो तहको कालोपत्र सकिएको छ । त्यसमध्ये २९.६१ किमी खण्डमा चार लेन र ७.७९ किमीमा दुई लेन कालोपत्र सम्पन्न भएको छ ।

यसैगरी, यस खण्डमा १२ मध्ये ११ पुल निर्माण सम्पन्न भइसकेका जनाउँदै आयोजना प्रमुख कुँवरले सेती नदीमा पुल निर्माणाधीन अवस्थामा रहेको जानकारी दिए । रासस

  • प्रकाशित मिति : मंसिर ६, २०८२, शनिवार ०६:५० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८